२०८२ पौष २९ मङ्गलवार , ०५:१९:१० बजे

Sajhamanch
'

अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान एलिसा हेलीद्वारा सन्यासको घोषणा

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान एलिसा हेलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । उनले भारतसँग हुने घरेलु शृङ्खलापछि सबै ढाँचाको क्रिकेटबाट बिदा लिने बताएकी हुन् ।

३५ वर्षीया हेलीले आउँदो फेब्रुअरीमा हुने टी–२० अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णय गरेकी छन् । भारतसँग हुने आउँदो एकदिवसीय र टेस्ट शृङ्खला नै उनको अन्तिम अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।

झन्डै दुई दशक लामो क्रिकेट जीवनमा महिला एकदिवसीय क्रिकेटमा उनले १२३ खेल खेलमा ७ शतक र १८ अर्धशतकसहित ३ हजार ५६३ रन बनाएकी छन् ।

त्यस्तै महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६२ खेलमा १ शतक र १७ अर्धशतकसहित ३ हजार ५४ रन बनाएकी छन् । टेस्ट क्रिकेटमा भने उनले १० खेलमा ३ अर्धशतकसहित ४८९ रन जोड्दै विकेटकिपरका रूपमा पनि राम्रो प्रदर्शन गरेकी छन् ।

योसँगै हेलीले ६ पटक टी–२० विश्वकप तथा २ पटक एकदिवसीय विश्वकप समेत जितेकी छन् । उनको सन्यासपछि अस्ट्रेलियाले आउँदो टी–२० विश्वकपको तयारी नयाँ कप्तानको नेतृत्वमा गर्नुपर्नेछ ।

सम्बन्धित खबर