२०८२ पौष २९ मङ्गलवार , ०२:५६:५९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा कीर्तिमान : आज सुन तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो ।

आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १९५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय भू–राजनीतिक अनिश्चितता, मुद्रास्फीति र कम ब्याजदरका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका महासङ्घले जनाएको छ ।