२०८२ पौष २८ सोमवार , ०७:५८:२२ बजे

Sajhamanch
'

देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाउनु भयो, ३ बजे जुट्ने

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ ।

सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गर्नु भएको थियो ।

देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्नु भएको छ ।

साथै, विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाउनु भएको हो ।

सम्बन्धित खबर