२०८२ पौष २८ सोमवार , ०३:१८:१० बजे

Sajhamanch
'

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

सोमवार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्नु हुने भएको छ।

भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् ।बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।