
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ।
कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवशेको बन्द सत्रको तयारी भइरहँदा कोइराला आफू निकट केन्द्रीय सदस्य, कानुन व्यवसायीहरूसँगको छलफलमा जुटेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । उहाँका अनुसार बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन् ।
कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।


