२०८२ पौष २८ सोमवार , ०२:२७:१९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँ पुग्यो

सोमवार, पौष २८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुन तोलामा एकैदिन ४ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर तोलाको ५ हजार १९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९९० रुपैयाँ थियो ।

सम्बन्धित खबर