२०८२ पौष २८ सोमवार , ०३:००:४२ बजे

Sajhamanch
'

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेकपा (एमाले(का केन्द्रीयहरू फागुन २१ को निर्वाचनको तयारीका लागि रणनीति तयार पार्न छलफलमा जुटेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।

सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक बोलाएका हुन् ।

यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् ।

केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहजहोस भन्ने उद्धेश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस,बागमती,कोशी,सुदुरपश्चिमले भोलीलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गरेका छन् ।