२०८२ पौष २८ सोमवार , ०३:००:४६ बजे

Sajhamanch
'

मेचीनगरमा अपरिचित व्यक्तिद्वारा मोटरसाइकल र कुन्यूमा आगजनी

आइतवार, पौष २७, २०८२

झापा । झापाको मेचीनगरमा गएराति अपरिचित व्यक्तिले विध्वंस मच्चाएका छन् ।

राति अन्दाजी ११ बजे मेचीनगर-१ बाँसे बस्ने ४५ वर्षीय सन्तबहादुर घिसिङले आफ्नै घरमा पार्किङ गरी राखेको डब्लुबी ७४ एस ५७३० नम्बरको १५० सी.सी.को पल्सर मोटरसाइकलमा घरको सबै सदस्य सुतेको अवस्थामा अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा आंशिक क्षति भएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने शालिग्राम पोखरेलको १०–१२ ओटा सुपारीको बिरुवा काटेर नष्ट पारेको छ भने टाली बनाई राखेको परालको कुन्यूमा समेत आगो लगाई क्षति पुर्‍याएका छन् ।

जसबाट अन्दाजी ७ हजार बराबरको क्षति भएको छ । आगो तत्काल स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । त्यस्तो विध्वंस मच्चाउने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर