
काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६७ हजार ८०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउले कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९३५ रुपैयाँ रहेको थियो ।


