
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को खेलमा राजशाही वारियर्सको प्लेइङ–११ मा फर्किएका छन् ।
पहिलो र दोस्रो खेलमा प्लेइङ–११ परेका सन्दीप त्यसपछि लगातार तीन खेलमा बेन्चमा रहेका थिए । सन्दीपले यसअघिका दुई खेलमा ३ विकेट लिएका थिए ।
बीपीएलमा राजशाही वारियर्सले आज आफ्नो छैटौँ खेलमा चत्तोग्राम रोयल्ससँग खेलिरहेको छ । सिलहटमा टस हारेर राजशाहीले ब्याटिङ गरिरहेको छ । अङ्क तालिकामा राजशाही ५ खेलमा ८ अङ्कसहित चौथो स्थानमा छ ।


