२०८२ पौष २६ शनिवार , १२:३५:४३ बजे

Sajhamanch
'

झापाको कनकाई पुलमा बम राखेर आतङ्क फैलाउने खरेल पक्राउ

शुक्रवार, पौष २५, २०८२

झापा । झापामा बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माई खोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शङ्कास्पद वस्तु अरीदमन गण स्थित नेपाली सेनाले त्यति बेला निष्क्रिय पारेको थियो ।

प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यश अघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

२०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए ।

पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए।

खरेलले पछिल्लो केही वर्ष देखि झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएको पाइएपछि २०८१ साल चैत्रमा पक्राउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर