
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो ।
त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो । महामन्त्रीद्वयले पनि वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका छन् ।



