२०८२ पौष २६ शनिवार , ०१:४९:४५ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो

बिहिवार, पौष २४, २०८२

काठमाडौं । हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ ।

सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै हिजो अहिलेसम्मकै उच्च भएको चाँदीको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । चाँदी १०० रुपैयाँले घटेर तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९३५ रुपैयाँ थियो ।

बिहिवार, पौष २४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर