२०८२ पौष २३ बुधवार , ११:३६:३९ बजे

Sajhamanch
'

हिजो घटेको सुनको भाउ आज तोलामा ४६०० रुपैयाँले बढ्यो

सोमवार, पौष २१, २०८२

काठमाडौं । हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ४ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा १८५ रुपैयाँले बढेको छ । चाँदी आज १८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँ थियो ।

सोमवार, पौष २१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर