
काठमाडौं । न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जित्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्यो । आर्मीले दोस्रो सेट ३१–२९ ले जित्यो ।
प्रतियोगितामा आजै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र पुलिस तथा दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र आर्मी खेल्दैछन् ।
महिला र पुरुष दुवैतर्फको फाइनल भोलि हुनेछ ।


