२०८२ पौष १८ शुक्रवार , ०६:०७:२४ बजे

Sajhamanch
'

गुल्मीको मालिकामा बसको ठक्करबाट दुई जनाको ज्यान गयो, दुई जना घाइते

शुक्रवार, पौष १८, २०८२

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजु ५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

मालिकाको राम्चेबाट वनभोजका लागि विद्यार्थीसहित मदाने गाउँपालिका अन्तर्गत पुर्कोटका लागि छुटेको सिद्ध इङ्लिस बोर्डिङ स्कूलको लुम्बिनी प्रदेश ०१–०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते भएका थिए ।

ठक्करबाट वसन्त र मनकलाको ज्यान गएको अनि मनकलाका नाति ६ वर्षीय अनुभव गिरी र पैदलयात्री मालिका गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लीलावती अर्यालको उपचार भइरहेको छ ।

बालक गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

बस र बसका चालक चुराबहादुर थापालाई प्रहरी पक्राउ गरेको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।

सम्बन्धित खबर