२०८२ पौष १८ शुक्रवार , ०६:०७:३५ बजे

Sajhamanch
'

अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा पठाइने भएको छ ।

अब सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशमा रहेको नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिनुभयो ।

तत्काल राहदानी आवश्यक परि विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।

जिल्लारइलाका प्रशासन कार्यालयबाट कम्तीमा गएको मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको यही पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

विभागले विदेशमा नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइ सकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गते पश्चात साविककै समय तालिकाअनुसार एकरदुई हप्ताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित खबर