२०८२ पौष १५ मङ्गलवार , ०९:५५:५० बजे

Sajhamanch
'

इन्डो–नेपाल मेचीनगर मिडियाकपको लोगो सार्वजनिक

मङ्गलवार, पौष १५, २०८२

मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ ।

मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच लोगो सार्वजनिक गरिएको हो ।

लोगो ट्रफी आकारमा छ । त्यस भित्र सबैभन्दा माथि फुटबल छ र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरु समावेश छन् । लोगोको बीच भागमा नेपाल र भारतको झण्डा अंकित छ । उक्त लोगोले नेपाल तथा भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन संन्देश प्रवाह गरेको छ ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा गरिएकाे कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

सार्वजनिकी कार्यक्रममा प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष सन्तोष आचार्य र पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले सफलताको शुभकामना व्यक्त गरे ।

प्रेस क्लब मेचीनगरका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

यही पुस २७ र २८ गते हुन लागेको मिडियाकपमा नेपालसहित भारतका दुईगरी ८ वटा पत्रकारको टिम सहभागी हुँदैछन् ।

मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको हो ।

सम्बन्धित खबर