२०८२ पौष १५ मङ्गलवार , ०८:३८:१५ बजे

Sajhamanch
'

ललितपुरमा २ युवक हत्याकाण्ड सुल्झाउने डीएसपीसहित ७ जना पुरस्कृत

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ ।

सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उहाँहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, अर्का डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जानलाई पुरस्कृत गरिएको हो ।

यो हत्या घण्टामा प्रहरीले सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको थियो ।