२०८२ पौष १५ मङ्गलवार , ०६:३६:४७ बजे

Sajhamanch
'

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् घाइते

मङ्गलवार, पौष १५, २०८२

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्यांकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् ।

उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुंगानाले जानकारी दिनुभयो ।

प्रहरीले ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।