
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा शीतोष्ण बागबानी विकास केन्द्रले हाईब्रिड एम नाइन रुट स्टक स्याउका बिरुवा उत्पादन शुरू गरेको छ । केन्द्रले तन्तु प्रजनन प्रयोगशालामा बीउ उत्पादन गरी उच्चघनत्व प्रविधिमा आधारित बिरुवा रोप्ने काम अघि बढाएको छ ।
नेपालमा यस प्रकारको रुट स्टक बिरुवा उत्पादन पहिलो पटक गरिएको हो । केन्द्रले बीउबाट बिरुवा उत्पादन गरी फिल्डमा परीक्षण गर्ने तयारी गरेको छ । यस वर्ष झन्डै ६ हजार बिरुवा उत्पादन गर्ने योजना छ ।
अहिले पूर्वाधार सीमित भएकाले मात्र सानो मात्रामा उत्पादन भइरहेको छ । तर पर्याप्त सिसा घर ९हाईटेक० भएमा छोटो समयमा ५० देखि ६० हजार बिरुवा उत्पादन सम्भव छ ।
एम नाइन रुट स्टक बिरुवामा गाला, फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ कलमी गर्न सकिन्छ । मुस्ताङमा अहिले ८३७ हेक्टरमा स्याउखेती भइरहेको छ । ५७२ हेक्टरमा उत्पादन भइसकेको छ ।
पाँच पालिकामा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भइसकेको छ । हाईब्रिड स्याउ बिरुवा उत्पादनले किसानलाई सस्तो मूल्यमा गुणस्तरीय बिरुवा उपलब्ध गराउने आशा गरिएको छ ।


