
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशका तीन ठूला दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल थालेकी छिन्।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको यो भेटले नेपाली राजनीति तातेको छ।
छलफलमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
अहिले तीनै शीर्ष नेताबीच लगातार छलफल चलिरहेको बताइएको छ।


