२०८२ पौष ११ शुक्रवार , ०६:०८:०६ बजे

Sajhamanch
'

प्रतिकूल मौसमले आधा दर्जन विमानस्थलमा सेवा प्रभावित

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि ५ विमानस्थलमा उडानर/वतरण सञ्चालनमा आउन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ ।

काठमाडौं विमानस्थलमा भने अवतरण जारी छ । कम भिजिबिलिटीका कारण अहिले तराईका अधिकांश विमानस्थलको सेवा अबेरमात्र सुरु हुने गरेको छ । यसबाट सयौँ यात्रु प्रभावित हुने गरेका छन् ।

सम्बन्धित खबर