२०८२ पौष ११ शुक्रवार , ०५:०२:४७ बजे

Sajhamanch
'

मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

शुक्रवार, पौष ११, २०८२

मुस्ताङ । कोरला नाकाको मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ ।

गएको भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीन कोरला नाकाबाट पुस १० गते सम्ममा निकासी तथा पैठारी गरी यो मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि अहिलेसम्म कोरला नाका हुँदै चीनतर्फबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँको मालवस्तु नेपाल भित्रिएको बताउनुभयो ।

यसैगरी नेपालबाट हस्तकला लगायतका नेपाली उत्पादन १८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बराबरको मालवस्तु त्यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।

कोरला नाकाबाट अहिलेसम्म २ हजार ७४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । पर्सि आईतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय गाडी नेपाल भित्रिने क्रममा रहेको उहाँले बताउनुभयो । यसै महिना बीवाईडी कम्पनीले कोरला नाकाबाट ५ सय बढी विद्युतीय गाडी चीनबाट निकासी गरिरहेको भन्सार कार्यालयको भनाइ छ ।

कम्पनीको ३०० भन्दा बढी विद्युतीय गाडी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताउनुभयो ।

सम्बन्धित खबर