२०८२ पौष १० बिहिवार , ०७:३७:३४ बजे

Sajhamanch
'

ड्रिम–११ को प्रायोजन फिर्ता र आईसीसीबाट हुने आम्दानी घटे पनि बीसीसीआई आर्थिक रूपमा बलियो

बिहिवार, पौष १०, २०८२

काठमाडौं । अनलाइन फेन्टासी गेम प्लेटमर्फ ड्रिम–इलेभन (११) ले प्रायोजन फिर्ता लिएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट हुने आम्दानी घटे पनि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) आर्थिक रुपमा बलियो देखिएको छ ।

एपेक्स काउन्सिललाई बुझाइएको नोट अनुसार बीसीसीआईले एडिडाससँग छुट्टै प्रायोजन सम्झौतामार्फत घाटा पूर्ति गरेको हो । यस्तै बीसीसीआईले अपोलो टायर्ससँग पनि सम्झौता गरेको छ ।

ड्रिम–११ जस्ता प्रायोजकहरू र पछिल्ला विधायी परिवर्तनहरूबाट प्रभावित अन्य संस्थाहरू फिर्ताको बाबजुद बीसीसीआईले अर्को साढे दुई वर्षको चक्रका लागि उच्च मूल्याङ्कनमा नयाँ जर्सी प्रायोजन सफलतापूर्वक सुरक्षित गरेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

गएको अगस्टमा भारत सरकारले अनलाइन गेमिङको प्रवर्द्धन र नियमन ऐन २०२५ पारित गरेपछि ड्रिम–११ बीसीसीआईसँगको ३५८ करोड भारतीय रुपैयाँको प्रायोजन सम्झौताबाट बाहिरिएको थियो ।