२०८२ पौष १० बिहिवार , ०२:३३:१६ बजे

Sajhamanch
'

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

बिहिवार, पौष १०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उहाँले बताउनु भयो ।

बिहिवार, पौष १०, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर