२०८२ पौष १० बिहिवार , ०२:०४:४४ बजे

Sajhamanch
'

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसअघि हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता महतले बताउनु भयो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गर्नु भएको थियो । थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राख्नु भएको छ । थापाको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ ।