२०८२ पौष ९ बुधवार , ०६:३२:२१ बजे

Sajhamanch
'

वीरगञ्जबाट ५ महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

बुधवार, पौष ९, २०८२

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताउनु भयो ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो ।

त्यसैगरी १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यासको पनि आयात भएको छ । त्यस्तै सात अर्ब २५ करोड रुपैयाँको एटीएफ र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको छ ।

सम्बन्धित खबर