
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन तोलामा १६५ रुपैयाँले बढेर तोलाको चार हजार ४२० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार २५५ रुपैयाँ थियो ।


