२०८२ पौष ९ बुधवार , ०४:२४:५० बजे

Sajhamanch
'

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

बुधवार, पौष ९, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो ।

जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गर्नु भएको थियो ।

अदालतले मान्यता नदिएपछि उहाँले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराउनु भएको थियो । दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।

चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुन गइरहेको छ ।

यसअघि चुनावी एकता घोषणा कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालोको पार्टी कार्यालयमा हुने भनिएको थियो ।