
काठमाडौं । भारतले महिला टी– २० श्रृंखलाको दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको छ । पाँच खेलको श्रृंखलामा भारतको यो लगातार दोस्रो जीत हो ।
भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । हिजो विशाखापट्टनममा भएको खेलमा १२९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
सेफालीले ३४ बलमा अविजित ६९ रन बनाइन । त्यसअघि श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो । श्रृंखलाका बाँकी ३ खेल थिरुवनन्तपुरममा हुनेछन् ।


