२०८२ पौष ८ मङ्गलवार , ०८:०१:२५ बजे

Sajhamanch
'

तीन दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ ।

यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२: २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो ।

अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । व्यापार स्थिर रहँदा निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशत घटे ।

एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशत बढ्यो । त्यस्तै गुराँस लघुवित्तको ६.०१, सयपत्री हाइड्रोपावरको ५.९६, ग्रामिण विकास लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो ।

सिटिजन लाइफ इन्स्योरेन्सको ५.९७, सीवाईसी लघुवित्तको ५.८७, पियोर इनर्जीको ४.२८ तथा पोखरा फाइनान्सको २.६८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, सागर डिस्टिलरी, सीईडीबी होल्डिङ्स, लुम्बिनी विकास बैंक तथा मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।

सम्बन्धित खबर