२०८२ पौष ८ मङ्गलवार , ०२:०६:३४ बजे

Sajhamanch
'

फिफा वरीयतामा नेपाल १८२ औं स्थानमा यथावत्

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १८२ औं स्थानमा यथावत् रहेको हो ।

योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १४२ औं, माल्दिभ्स १७३ औं, बङ्गलादेश १८० औं, भूटान १९२ औं, श्रीलङ्का १९४ औं र पाकिस्तान १९९औं स्थानमा यथावत् छन् ।

फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं, पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, जर्मनी नवौं, क्रोएशिया दशौं स्थानमा यथावत् छन् ।