२०८२ पौष ७ सोमवार , ११:०६:४१ बजे

Sajhamanch
'

बिर्तामोडमा फुटबल : भेट्रान्स र वडास्तरीय दुवैमा वडा नं. ३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश

सोमवार, पौष ७, २०८२

बिर्तामोड । सहिद नेत्रपार्क खेल मैदानमा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा वडा नं. ३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ९ लाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

वडा नं. ३ को लागि आशिष चापागाईंले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरे । वडा नं. ९ का राम मर्डीले खेलको अन्त्यतिर सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच बिजेता टोली वडा नं. ३ का आशिष चापागाईं भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । मंगलबारको खेल वडा नं. २ र वडा नं १० बीचमा हुने जनाइएको छ ।

सोमवार सोही मैदानमा भएको दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताबाट वडा नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

वडा नं. ३ ले वडा न ९ लाई ३–२ गोल अन्तरले पराजित गरेको हो । वडा नं. ३ का लागि बिष्णु सुब्बा, पदम बस्नेत र किशोर ओलीले समान १ गोल गरेका थिए । वडा न ९ का उमेश राई र राजन मगरले गोल गर्न सफल भए ।

खेलको प्लेयर अफ द म्याच वडा नं. ३ का पहिलो गोलकर्ता बिष्णु सुब्बा घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

भेट्रान्स अन्तर्गतको मंगलबारको क्वाटरफाइनल खेल वडा नं. २ र वडा नं. १० बीच हुने आयोजकले जनाएको छ ।

भेट्रान्स प्रतियोगिताको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।