२०८२ पौष ७ सोमवार , ०७:३०:१८ बजे

Sajhamanch
'

नेप्से लगातार तेस्रो कारोबार दिन घट्यो

सोमवार, पौष ७, २०८२

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ८८ अङ्कले घटेर २ हजार ५८१ दशमलव २१ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज २०० वटा कम्पनीको शेयर घटेकोमा ५४ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव ८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३३२ वटा कम्पनीको ९१ लाख ६७ हजार कित्ता शेयर ३ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।