२०८२ पौष ७ सोमवार , ०४:४४:०४ बजे

Sajhamanch
'

आउँदो सोमवारदेखि राष्ट्रिय बास्केटबल लिगका लागि छनोट खेल हुँदै

सोमवार, पौष ७, २०८२

काठमाडौं । नेपाल बास्केटबल सङ्घको आयोजनामा आउँदो पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

काठमाडौंको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने हिजो आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी १२ टोलीको प्रतिस्पर्धाबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगको लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा पहिले नै छनोट भइसकेको ४ टोलीसहितको ८ टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् ।

चार वटा समूहमा विभाजित टोलीहरूमा समूह ‘ए’ मा आइएसए, तरहर र त्रिभुवन आर्मी क्लब, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र सङ्कर देव कलेज रहेका छन् ।

लिग कम नकआउटको आधारमा हुने नतिजाबाट हरेक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछ भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ ।

सम्बन्धित खबर