२०८२ पौष ७ सोमवार , ०२:५७:२९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो

सोमवार, पौष ७, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १३० रुपैयाँले बढेर तोलाको चार हजार २३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार १०५ रुपैयाँ थियो ।

सम्बन्धित खबर