२०८२ पौष ७ सोमवार , ०२:११:२४ बजे

Sajhamanch
'

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

सोमवार, पौष ७, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने उहाँले बताउनु भयो ।

प्रधानमन्त्रीको सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धमा राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल हुन लागेको जनाएको छ ।

सो छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने सचिवालयले जनाएको छ । छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।