२०८२ पौष ६ आइतवार , ०३:३५:३७ बजे

Sajhamanch
'

सुनको भाउ सामान्य घट्दा, चाँदीको अहिलेसम्मकै उच्च

आइतवार, पौष ६, २०८२

काठमाडौं । सुनको भाउ समान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १०० रुपैयाँले बढेर तोलाको ४ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ ४ हजार ५ रुपैयाँ थियो । यस अघि गएको बिहिवार चाँदीको भाउ तोलाको ४ हजार ८० रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर