
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ ।
आज सुन ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार ७०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५५ रुपैयाँ थियो ।


