२०८२ पौष ४ शुक्रवार , ०२:०५:५२ बजे

Sajhamanch
'

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालबीचको खेल बराबरीमा

बिहिवार, पौष ३, २०८२

काठमाडौं । साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लबले बराबरी खेलेका छन् । यी दुवै टोली यसअघि नै फाइनल पुगिसकेका छन् ।

हिजो बेलुकी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यसअघि एपीएफले तीन खेल मध्ये दुई खेलमा जीत र एक खेलमा बराबरी खेल्दै फाइनलमा स्थान बनाईसकेको छ । इस्ट बङ्गालले भने तीनै खेलमा जीत निकालेको छ । एपीएफले तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीमाथि १–० गोलको जीत निकालेको थियो ।

एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो । यस्तै दोस्रो खेल भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । फाइनल खेल एपीएफ र इस्ट बङ्गालबीच पर्सि दशरत रंगशालामा हुनेछ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा शुरू भएको हो ।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

सम्बन्धित खबर