२०८२ पौष २ बुधवार , ०४:३८:२२ बजे

Sajhamanch
'

हुम्लामा भिरबाट घरमा ढुंगा खस्दा ४ जना घाइते

बुधवार, पौष २, २०८२

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुंगा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।

‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र‎ सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिनुभयो ।

‘सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उहाँकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ,’ उहाँले भन्नुभयो ।

‎खड्का अनुसार राति घरमाथि रहेको वनबाट खसेको ढुंगा खस्दा घरभित्र रहेका चार जना घाइते भएका हुन् ।

घाइतेमध्ये सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

उहाँका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचार पनि घर फर्काइएको छ ।

सम्बन्धित खबर