
काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६०० रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामै १७० रुपैयाँले बढेको छ । चाँदी १७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ८८५ रुपैयाँ थियो ।


