
काठमाडौं । हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८७० रुपैयाँ थियो ।


