२०८२ पौष १ मङ्गलवार , ०५:२५:३० बजे

Sajhamanch
'

नेतृत्व चयनका लागि एमाले महाधिवेशनमा निर्वाचन आज

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ बजे पछि मतदान हुनेछ। मतदानस्थल भृकुटीमण्डप तोकिएको छ।

अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि प्रतिस्पर्धा बढेको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएपछि दुवै प्यानलबाट अन्य पदहरूमा समेत उम्मेदवारी परेको छ।

एमालेले यस पटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

निर्वाचनमा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

यसैबीच, उम्मेदवारहरुकाे अन्तिम नामावलीमा प्रकाशित विवरण अनुसार केन्द्रीय सदस्यमा निर्धारित विभिन्न समावेशी सदस्यहरू, आयाेगका पदाधिकारीहरु निर्विरोध भएका छन् ।