२०८२ मंसिर २५, बुधवार , ०६:००:०३ बजे

Sajhamanch
'

‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले आज एक कार्यक्रमका बीच ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ अभियानको शुभारम्भ गर्नुभयो ।

स्वास्थ्यमन्त्री गौतमले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री गौतमले पालिकाको समन्वयमा समुदाय स्तरमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताउनुभयो । मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उहाँले त्यो नगर्दा भित्रभित्रै गुम्सिँदै कडा रूप लिन सक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिनुभयो । उहाँले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक सहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर भए पनि पर्याप्त मात्रामा महत्त्व नपाएको बताउनुभयो । मानसिक स्वास्थ्य व्यक्तिगत नभइ जनस्वास्थ्यको आधारभूत समस्या रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर