२०८२ मंसिर २५, बुधवार , ०१:५९:३३ बजे

Sajhamanch
'

सुनको भाउ आज सामान्य बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ एकैदिन १५० रुपैयाँले बढेको छ । आज चाँदी १५० रुपैयाँले बढेर तोलाको तीन हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय रुपैयाँ थियो । यसअघि गएको मंसिर १७ गते तोलाको तीन हजार ६५५ रुपैयाँ थियो ।

बुधवार, मंसिर २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर