२०८२ मंसिर २५, बुधवार , १२:३६:३५ बजे

Sajhamanch
'

एशिया कप खेल्ने १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । युएईमा पर्सिदेखि शुरू हुने एसीसी १९ वर्षमुनिको एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

अशोक धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीले युएईमा खेल्नेछ । टोलीका अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् ।

नेपालको पहिलो खेल श्रीलङ्कासँग मङ्सिर २७ मा रहेको छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालले खेल्ने सबै खेल सेभेन्स रङ्गशालामा हुनेछन् । प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।

सम्बन्धित खबर