२०८२ मंसिर २३, सोमवार , ०१:५५:३० बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

सोमवार, मंसिर २३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६०५ रुपैयाँ थियो ।

सोमवार, मंसिर २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर