
विराटनगर । मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट ६७८ किलो गाँजा बरामद भएको हो ।
हटियाँ डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले ट्रक चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताउनु भयो।
उहाँका अनुसार ट्रकको डालाभित्र ‘फल्स डाला’ जोडी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ समेल राई र ट्रक धनी सहिदभूमि–१ का विक्रम विशुङ्खेलाई पक्राउ गरिएको कटवालले जानकारी दिनुभयो ।


